नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजीकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्ष र टेक्निकल सदस्यका रुपमा आबद्ध रहेका छन् ।