गुजराती मिडियामा नेपाली मोडल साराको चर्चा

सारा श्रेष्ठ यूरोपमा रहेर पनि नेपाली र नेपालको नाम बिश्वमा चिनाउन प्रयासरत एक मेहेनती र सफल मोडल हुन्। नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन उनले गरेको प्रयासको नेपाली मिडियाले मात्र नभई गुजराती मिडिया प्रशंसा गरेका छन् ।

हालै एक गुजरात मिडियाले उनको सफलता र आगामी योजनाका बारेमा लामो भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो । साराले सत्य–स्वरुपराजको स्वर रहेको हाम्रो नाता, दार्जिलिङकी ललिताको कहाँ गयो कता हरायो, सूर्य दयालुको रहेछौ यात्री र दुई किनार, मेलिना राईको स्वरमा आऊ गोरी, बाबुराम शिलको परेली फर्काई फर्काई लगायतका नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।



सम्बन्धित समाचार