कुनै पनि बेला मन्त्रीपरिषद पुनर्गठन हुन सक्छ : मन्त्री बास्कोटा

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बताए ।

मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने स्पष्ट पारे । प्रधानमन्त्रीमा नीहित अधिकार भएकाले आफूले त्यसबारे बोल्न नमिल्ने उनले दोहोर्याए । मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर सञ्चार माध्यमले समाचार बनाउनु पनि बेकार हुने बताए ।



उनले ‘क्लिन फिड’ लागू गरेरै छाडने दृढता समेत व्यक्त गरे । संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उनको दाबी छ ।

सम्बन्धित समाचार