‘सिरिञ्ज’ आक्रमणमा संलग्न युवक पक्राउ

केही सातायता काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा सग्लग्न भएको अभियोगमा प्रहरीले एकजना युकवलाई पक्राउ गरेको छ। राजधानीको महाराजगञ्जबाट बिहीबार राति ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले एकजना युवक गएराति पक्राउ परेको पुष्टि गरेका छन्। पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । तर आफूले सिरिन्ज हानेको नभई ढलानको काँटीले घोचेको बयान दिएका छन् ।



 

केही सातायता सिरिञ्ज जस्तो तिखो र धारिलो वस्तुले युवतीहरुको शरीरको तल्लो भागमा आक्रमण गर्ने क्रम बढेको छ। तर आक्रमणमा सिरिञ्ज नै प्रयोग गरिएको भन्ने एकीन भइसकेको छैनन। काठमाडौँ परिसर प्रमुख एसएसपी सुवेदीले अहिलेसम्म सिरिञ्जबाटै आक्रमण भएको पुष्टि हुन नसकेको बताएका छन्।

काठमाडौंसँगै भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि युवतीहरुमाथि धारिलो र तिखो वस्तुले आक्रमण भएको थियो। पछिल्लो पटक बनेपामा एक ३४ वर्षीया युवतीमाथि सिरिञ्जबाटै आक्रमण भएको प्रारम्भिक निचोड प्रहरीले निकालेको छ। काठमाडौं उपत्यकामा ५ वटा भन्दा धेरै आक्रमण भएका छन्। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले युवक पक्राउ परेको बताउँदै अनुसन्धान भइरहेकाले यसमा संलग्न अन्यको पनि खोजी भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार