विश्वकप क्रिकेट : श्रीलंका र दक्षिण अफ्रिका भिड्दै

विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको श्रीलंकाको ६ अंक छ ।



अहिले अंक तालिकाको सातौं स्थानमा रहेको श्रीलंका अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबको सबै खेल जित्नु पर्ने हुन्छ ।

श्रीलंका टिममा समाबेश खेलाडिमा दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी रहेका छन्।

यता दक्षिण अफ्रिका टिम समाबेश खेलाडिमा फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्ड्रिक्स लंगी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ रहेका छन्।

सम्बन्धित समाचार