कोपा अमेरिकाः ब्राजिल सेमिफाईनलमा

पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलको अधिकाश समय खेलमा प्रभाव जमाएपनि ब्राजिलले निर्धारित समयमा गोल गर्न भने सकेन । खेलको ५८ औं मिनेटमा डिफेन्डर फेबियन बालबुना रातो कार्ड खादै मैदान बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सिमित बनेको थियो ।



पेनाल्टीमा ब्राजिलका विलियम, मार्किन्होस, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए भने रोबर्टो फिर्मिन्होले गोल गर्न सकेनन् ।पाराग्वेका गुस्तावो गोमेज र डार्लिस गोन्जालेजले गोल गर्न सकेनन् । मिगुएल अल्मिरान, ब्रुनो वाल्डेज, रोड्रिगो रोजासले भने गोल गरे ।

ब्राजिलले अब सेमिफाइनलमा भेनेजोयला र अर्जेन्टिनाबीचको विजेतास‌ँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार