वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिईरहेको छः सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताएका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उनले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाएका छन् ।

“कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ”, उनले भने । उनले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।



जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारलाई खोस्न खोजेको आरोप लगाउँदै मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा काङ्ग्रेसले संसद् र सडकमा आन्दोलन गर्ने बताए ।

सम्बन्धित समाचार