नवकान्तिपुर संवाददाता
काठमाडौं
यो साता १ अर्ब ८९ करोड ८२ लाख ४९ हजार ३७६ रुपैयाँको सेयर कारोबार भएको छ । सातामा नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएको छ । गत साता १८५ कम्पनीको सेयर कारोबार भएको थियो । गत साता १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११३ रुपैयाँ बराबरका ६४ लाख ३० हजार ७४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
साताको पहिलो दिन आइतबार १ हजार २६४ दशलमव ३६ को बिन्दुबाट सुरु भएको बजार निरन्तर ओरालो लाग्दै अन्तिम दिन १० अंकले घटेर १ हजार २५४ दशमलव ३५ को बिन्दुमा खुम्चिएको छ । सोमबार ५ दशमलव ७५ अंकले बढेर १ हजार २६० दशलमव १० अंक, मंगलबार शुन्य दशमलव ९७ अंकले बढेर १ हजार २६१ दशमलव शुन्य ७ अंकमा पुगेको बजार बुधबार २ दशमलव ७८ अंकले र साताको अन्तिम दिन बिहीबार १ दशमलव १४ अंकले घटेर १ हजार २५७ दशमलव १५ अंकमा पुगेर कारोबार बन्द भएको छ ।
पुँजी बजारका लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार चौथौ त्रैमासिक चलिरहेको, बैंकबाट ऋण लिएका लगानीकर्ता बैंकको ब्याज जुटाउने तर्फ पैसाको जोहो गर्न लागेको कारणले पनि बजारमा सुधार आउन सकेको छैन । साताको समूहगत परिसूचकलाई हेर्दा आठवटा उपसमूह बढेका छन भने चार वटा उपसमूह घटेका छन् । जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक र म्युचुअल फन्ड समूह घटेका छन् ।
यो साता सबैभन्दा बढि बढनेमा होटेल समूह रहो छन । त्यस्को २३ दशमलव ९८ अंकले बृद्धि भएको छ । लघुवित्त समूह १४ दशमलव ३६ अंकले, बैंकिङ ३ दशमलव २२ अंकले, वित्त समूह ३ दशमलव २७, जलविद्युत् १दशमलव ८, उत्पादन तथा प्रशोधन समूह १० दशमल ९५, अन्य समूह १० दशमलव ४५ अंक र व्यापार समूह २ दशमलव ५५ अंक पुगेका छन । सबैभन्दा बढी घट्नेमा निर्जीवन बिमा समूह १ सय ३ दशलमव १६ अंकले घटेको छ । जीवन बिमा समूह ३४ दशमलव शुन्य ३ अंक, विकास बैंक समूह ६ दशमलब ६८ र म्युचुयल फन्ड शुन्य दशमलव शुन्य २ अंकले घटेको छ ।
सातामा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । उक्त कम्पनीको १९ करोड ७९ लाख ६८ हजार ४४५ रुपैयाँ बराबरको १ लाख १९ हजार ५३५ कित्ता सेयर कारोबार भएको छ । दोस्रो स्थानमा नेपाल बैंक रहेको छ । यसको १० करोड २२ लाख ६९ हजार ३७१ रुपैयाँ बराबरका ३ लाख १३ हजार ८९७ कित्ता सेयर कारोबार भएका छन् । शिवम् सिमेन्टको ९ करोड ९४ लाख ७६ हजार २५१ रुपैयाँको कारोबार हुदाँ प्रभु बैंकको ८ करोड ४९ लाख ५४ हजार ३८३ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, चिलिमे हाइड्रोपावर कम्पनी, लक्ष्मी बैंकलगायतका कम्पनीले सर्वाधिक कारोबार गरेका छन ।