सांसद दिपक मनाङे नेकपामा प्रवेश गर्दै

गण्डकी प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङे भनेर चिनिने राजीव गुरुङ सत्तारुढ दल नेपाल कम्युनिष्टमा प्रवेश गर्ने भएका छन् । सांसद गुरुङ भोलि नेकपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ।

१० मंसिर ०७४ मा भएको पहिलो चरणको निर्वाचनमा मनाङबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका उनी विजय भएको केही समयपछि फौजदारी मुद्दा अन्र्तगत वैशाख ०७५ मा जेल चलान भएका थिए । ज्यान मार्ने उद्योग अन्तर्गत जेल चलान भएका उनी ६ पुस ०७५ मा सर्वोच्च अदालतको आदेशले धरौटी र तारेखमा रिहा भएका थिए ।



अदालतको आदेश पछि धरौटिमा रिहा भएका उनले १२ पुसमा सपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए भने करिव १ महिनापछी १४ माघ ०७५ मा उनले सपथ खाएका थिए ।

सम्बन्धित समाचार