जनअपेक्षा एकातिर सरकारको ध्यान भ्युटावरतिर

तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो । तर, त्यसको ठिकविपरीत भ्युटावर, संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेका छन् ।

केही नयाँ काम गरेको देखाउने चाहाना र कार्यकर्तालाई आर्थिक फाइदा दिलाउन सकिने स्वार्थका कारण ठाउँ न कुठाउँ भ्युटावर निर्माणमा जुटेको आरोप जनप्रतिनिधिहरुमाथि लाग्न थालेको छ ।



संघीय सरकार झापाको दमक र मोरङको विराटनगरमा भ्युटावर बनाउन जुटेको छ भने प्रदेश १ सरकार पनि विभिन्न ठाउँमा टावर बनाउने योजनामा छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार