शाहिद कपूर स्टारर बलिउड चलचित्र ‘कबीर सिंह’ प्रदर्शनको दोस्रो हप्तामै २ सय करोड क्लबमा प्रवेश गरेको छ । चलचित्रले बक्सअफिसमा आफ्नो दबदबा कायम राखेको छ । हरेक दिन जबरजस्त व्यापार गरिरहेको चलचित्रले प्रदर्शनको पहिलो हप्ता घरेलु बजारमा १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा २ सय करोडको आँकडा पार गरेको हो ।
चलचित्रले दोस्रो हप्ताको छैटौं दिनसम्ममा कुल २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ । दोस्रो हप्ताको पहिलो दिन शुक्रबार ‘कबीर सिंह’ ले १२ करोड २१ लाख, दोस्रो दिन १७ करोड १० लाख, तेस्रो दिन १७ करोड ८४ लाख, चौथो दिन ९ करोड ७ लाख, पाँचौ दिन ८ करोड ३१ लाख र छैटौं दिन ७ करोड ५३ लाख कमाउन सफल भएको छ ।
यो कलेक्शनसँगै‘कबीर सिंह’ वर्ष २०१९ को सबैभन्दा तीव्र गतिमा २ सय करोड कमाउने चलचित्र बनेको छ । यो शाहिदको पहिलो फिल्म हो, जसले बक्सअफिसमा २ सय करोडको कमाई गरेको छ । चलचित्र ‘कबीर सिंह’ तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो ।