शाओमीद्वारा रेडमी नोट ७ प्रो सार्वजनिक

शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज धेरै प्रत्यासित रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअप्को डेब्यूदेखि नै यो फोनले विरता संगणनामा धेरै ठूलो अपग्रेड ल्याएको छ ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट ७ प्रो, रेडमी नोट लाईनको एक उल्लेखनीय अनुवृद्धि हो जसले जीवनको मुल दर्शनलाई र सबैका लागि नवीनतम सृजना ल्याएको छ । रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।’



रेडमी नोट ७ प्रोमा अहिलेसम्मकै रेडमी सिरिजको सबैभन्दा शक्तिशाली औरा डिजाइनको अवधारणा रहेको छ जसले अझै धेरै कौशल, चम्किलो र प्रिमियम शैलीका लागि डिजाइनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ । त्यति मात्रै नभएर ६.३ इन्च, एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनलाई सबैभन्दा शीर्ष बनाएको छ ।

रेडमी नोट ७ प्रो को पछिल्लो भागमा रहेको गोरिला ग्लास ५ ले गर्दा यस फोन सबै नयाँ रेन्जका कलरहरु भन्दा अलग छ  ।
एमआईयुआई क्यामेराको परिष्कृत एलगोरिदमका साथमा, रेडमी नोट ७ प्रो प्रयोगकर्ताहरुले लाइभ पोट्रेट, लाइभ स्टुडियो पोट्रेट जस्ता थुप्रै सुविधाहरुको आनन्द लिन सक्नेछन् । पृष्ठभूमि (ब्याकग्राउन्ड)मा ब्लर इफेक्टका साथ अचूक पोट्रेट दृश्य (सट)का लागि ५ एमपी क्यामेरा सेन्सरले मुख्य ४८ एमपी सेन्सरसँग काम गर्छ ।

सम्बन्धित समाचार