ब्राजिलले जित्यो कोपा अमेरिका कप फुटबलको उपाधि

कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुलाई ३–१ गोलले हराउँदै उपाधिमाथि घरमै राखेको हो । ब्राजिलको समग्रमा नवौं कोपा उपाधि हो ।

ब्राजिलको जितमा एभर्टनले १४औं मिनेटमा खाता खोलेका थिए । एभर्टनले ग्यब्रीयल जेससको पासमा गोल गरेका थिए । ब्राजिलको अग्रतालाई पेरुले ४४औं मिनेटमा पेनाल्टी गोल मार्फत तोडेको थियो । पेरुका बराबरी गानेल जोसे पाओलो गुरेरोले पेनाल्टीको सदुपयोग गरेका थिए । त्यसपछि ४५औं मिनेटमा ब्राजिलका ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।



७०औं मिनेटमा जेसस दोहोरो पहेंलो (रातो कार्ड) खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा समेर्टिको थियो । खेलको अन्तिम मिनेटमा रिचारलिसनले अर्को गोल थप्दै ब्राजिलको जित सहज बनाए ।

सम्बन्धित समाचार