नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना ६ शाखा कार्यालय विस्तार गरेको छ ।
टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर श्रीप्रकाश अधिकारीले गरेका थिए। शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले बैंकको प्रगतिको कामना गर्दैबैंकिङ्ग व्यवसाय प्रबद्र्रधनको शुभकामना व्यक्त गरे।
कीर्तिपुर शाखाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए ।
त्यसैगरी, बाडेगाउँ शाखाको समुद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे। प्रमुख अतिथि श्रीमहर्जनले मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
इमाडोल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकश्री भुवन कडेलले गरे । कार्यक्रममा प्रमुख अतिथि कडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउने बताए ।
गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयरश्रीराजन राज पन्तले गरे । कार्यक्रममा प्रमुख अतिथि पन्तले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे।
साथै, तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर श्री डिल्लीराज भुसालले गरे । कार्यक्रममा प्रमुख अतिथि भुसाललेबैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।
समुद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए।टि।एम। र छ लाख ग्राहकहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएम बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।