सरिताको गीतमा अन्जुको स्वर, रिमाको मोडलिङ [भिडियो]

कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडी हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन्।

गीतकारका रूपमा सरिता लिङ्देन नेपाली संगीतमा नयाँ नाम हो। भर्खरै मात्रै उनले आफ्नो पहिलो प्रयासका रूपमा ‘उडेर जाऊँ’ बोलको रोमान्टिक भर्सनको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । यस गीतमा स्वर गायिका अन्जु पन्तको रहेको छ भने शब्द सरिता लिङ्देनको रहेको छ । गीतको म्युजिक एरेन्ज्मेन्ट बादल लिम्बुले गरेका हुन्।



लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा मोडेल रीमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। रामकुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। सत्यराज चौलागाईको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

हेर्नाेस् भिडियाेमा–

सम्बन्धित समाचार