प्रिया बनेकी सुरेन्द्र, न्याय माग्दै काठमाडाैंमा ! [भिडियाे]

काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर-१ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन ।

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको बताए । उनले भने,‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’



सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाए । उनले घट्ना स्मरण गर्दैै भने,‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।’

एक/दुई दिन आफुलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनकाे दावी गरे ।

आफुलाई चार/पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाईन् । उनले थपे,‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’

आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाए । आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्माेन’ विकास भएको उनले बताए ।

आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई बर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताए ।

कसरी गए सुरेन्द्र भारत

‘म १२ को परीक्षा दिएर खाली समयमा केही रकम कमाउन साथीभाईसंगै दिल्ली गए । हामीसंगै गएका चारै जना नौकरी लागे । म कपडाको पसलमा काम गथे । त्यतीबेला मसग एक नेपाली युवक दाई भेटिए । उनले मलाई सोध्यो । मैले जवाफ दिए । यो नौकरी भन्दा राम्रो नौकरी दिलाउँछु भन्यो’ मंगलवार पत्रकार सम्मेलन गर्दै उनले भने ‘एउटा राम्रो घर थियो, त्यही घरमा राख्यो । मासिक ९ हजार रुपैया दिन्थे । काम खाली घरमै बस्नुथियो । उनीहरुले मेरो लिङ्ग काट्ने र हिजडा बनाउने योजना बनाएकैले मलाई राम्रो राम्रो व्यवहार गर्दथे।’

‘म बसिरहेका बेला रातीराती नाङ्गै तेस्रोलिङ्ग आएर नाच्थे । मलाई पनि यस्तै बन्न दवाव दिन्थे । तर मैले इन्कार गरे । म त्यो ठाँउबाट फुपाजु धनी बोहरालाई फोन गरेर बाबुकहाँ हरिद्वार भागे । म भागेको उनीहरुले थाहा पाए । ६ महिनापछि उनीहरुले आफु बसेको ठाँउमा पुगेका थिए, उनले भने ‘म त्यतीबेला कम्प्युटर सिक्थे । त्यही आएर कारमा लगेर गए । मैले बाबुलाई घटना बारे बताए । उनीहरुले कता कता लगेर राखे । यातना दिए ।’

‘पाकिस्तानले भारतमा लागु औषध छर्किएको भन्दै मलाई सुई लगाए । त्यो बेहोसको सुई रहेछ । वकिल कार्यालयमा गएर एस वा नो भन्न लगाए । मैले एस भनिदिए । मलाई सुई लगाएपछि बेहोस भए, उनी भावुक हुदैँ भने ‘पाँच दिनपछि होस आयो । रोए, कराए, केही सिप चलेन् ।’

‘समय वित्दै गयो । मलाई पनि उनीहरुले डान्स गर्न सिकाए । माग्न सिकाई मागे पनि । तर काम राम्रो लागेन् । नेपाल फर्किए । उनको लिङ्ग काटिएर सर्जिरी गरिदिएपछि पुरुषको जस्तै दारी, जुगा आएका छैनन् महिलाकै जस्तै व्यवहार र स्तन बढेको छ । कतिपय ठाँउमा नेपाली पनि भेटिन्थे, उनले भने ‘तर लाजले हिन्दीनै बोल्थे । उता मेरो नाम (प्रिया) थियो । जसले पनि गोरो भएकाले मन पराउथे ।’

त्यही भएर दलालको छोराले मलाई मन गराएर बिहे गर्न प्रस्ताव राखेर मलाई मन पराउँथ्यो । आज आएर उसले पनि मलाई मेरो बाबुलाई जेल हालेको मन गराउँदिन भनेर जेलबाट निस्किर मारिदिने धम्की दिने गरेको उनले बताए । ‘मलाई केटी नै बन्न राम्रो लाग्छ, उनले भने ‘केटी जे-जे लगाउँछिन । त्यही लगाउछु । जिन्दगी नै बर्बाद पारिदिएपछि भाग्यलाई नै दोष दिनुपर्यो ।’

न्याय माग्दै काठमाडाैंमा

नेपालबाट राेजगारीका लागी भारत गएका सुरेन्द्रकाे परिचय परिवर्तन भएकाे छ । उनकाे नामसमेत परिवर्तन भएकाे छ । अहिले उनकाे नाम प्रिया बनेकाे छ । भारतबाट भागेर नेपाल अाएपछि एक महिनामा न्याय नपाएपछि न्याय माग्दै काठमाडाैं अाएका छन् । उनले स्थानिय कञ्चरपुर प्रहरीकाेमा समेत उजुरी दिएका थिए । तर, उनकाे उजुरीका विषयमा समेत खासै वास्ता नभएपछि न्याय माग्दै काठमाडाैं अाएका हुन् ।

उनले नेपाल प्रहरीले समेत केहि नगरेकाे अाराेप लगाएका छन् । उनले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ ‘नेपाल प्रहरीले समेत केही नगरेकाे अनुभूति भएपछि मैले अात्महत्या गर्ने प्रयत्न समेत गरे । तर, अाफ्नाे जीवन अाफैले लिन कहाँ सकिदाे रहेछ र !’

भिडियाे
https://www.youtube.com/watch?v=963QBUVVu54

सम्बन्धित समाचार