नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिशनमा जाने प्रहरी टोलीलाई आज बिदाइ गरिएको छ ।
प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले आज शान्ति मिशनमा जाने प्रहरी कर्मचारीलाई बिदाइ गरेका हुन् ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिशनमा खटिँदा बनाएको छविलाई कायम राख्दै सङ्गठनको नीतिअनुरुप कार्य सम्पादन गर्न निर्देशन दिए । उनले मिशनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुका बारेमा समेत जानकारी गराएका थिए ।
मिशनमा ९ प्रहरी नायब उपरीक्षक, ३ प्रहरी निरीक्षक गरी १२ जना प्रहरी अधिकृतहरु यही असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।