सुर्खेतका जिल्ला वन प्रमुख ४ लाख घुस रकमसहित पक्राउ

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।



सम्बन्धित समाचार