सरकारका राम्रा र असल कामलाई ओझेलमा पर्न नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा आउँदो साउन १ गतेदेखि पुरानो र सुस्त गति त्यागेर प्रभावकारी रुपमा काम अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बिहीबार सिंहदरबारमा शुरु भएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा प्रधानमन्त्रीले सरकारका राम्रा र असल कामलाई ओझेलमा पर्न नदिई जनतालाई जानकारी दिन पनि निर्देशन दिए।

“साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्याङ्कन हुने परिपाटी रहनु हुँदैन । गएको वर्ष शासकीय सुधार, कानूनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएर विकास र निर्माणको आधार तयार भएको छ । आर्थिक वृद्धि दर ऐतिहासिक रुपमा बढेको छ”, प्रधानमन्त्री ओलीले भने, “अब बितेको वर्षका कमीकमजोरीबाट समेत पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ । आउने वर्ष कुनै ‘तर’ र ‘यदि’लाई सहन गर्न सकिँदैन ।”
मन्त्री, सचिवलगायत सम्बन्धित सबैलाई आआफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गर्न आग्रह गर्दै उहाँले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए । प्रधानमन्त्रीले भने, “बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ । प्रशासकहरुले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पु¥याउन आवश्यक छ । आर्थिक वर्षको अन्त्यमा आएर काम सक्ने प्रवृत्ति पनि गलत हो ।”



सम्बन्धित समाचार