लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै

लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको ‘बोटे’ समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ ।

रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्माण शुरु भएको हो । सरकारले उपलब्ध गराएको १० कट्ठा जमीनमा बस्दै आएका १४ घर बोटेका लागि व्यवस्थित बसोबास निर्माण भइरहेको छ ।



त्यसका लागि मनहरी गाउँपालिकाको रु २० लाख र सरकारको ५० लाख रकम विनियोजन भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले १० कट्ठा जमीनमा उनीहरुलाई एकीकृत बस्तीका रुपमा राख्ने उद्देश्यले काम भइरहेको छ ।

जग्गामा हाल पाँच वटा घर निर्माण भइरहेको छ । पछि नयाँ आर्थिक वर्षमा त्यहाँ थप घर र उनीहरुको सांस्कृतिक भवन निर्माण हुने अध्यक्षको भनाइ छ । उनीहरु हाल झुप्रो तथा टहरामा बस्दै आएका र अवस्था दयनीय रहेको जनाइएको छ ।

सम्बन्धित समाचार