सरकार–विप्लवबीच छलफल, वार्ताका लागि वातावरण बनेको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको दावी छ ।

छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । प्रारम्भिक चरणकै छलफल भएकोलेले धेरै कुरा भन्न नमिल्ने नेता पाण्डेले बताएका छन् । उनले भने -‘छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ ।’



मंगलबार पनि विप्लवका नेताहरूसँग बार्ताको तयारी भैरहेको स्रोतको दावी छ । सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । यसैबीच दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

सम्बन्धित समाचार