नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको सरकारलाई नेकपाको समर्थन रहेकाे दोहोर्याएका छन् । गहिरो राजनीतिक संकटसँग जुधिरहेका भेनेजुएलाका युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलको युवा संगठन जेपीएसयुभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोलीसँगकाे भेटमा उनले यस्ताे बताएका हुन् ।
साेमवार विहान टाेलीले ‘प्रचण्ड’निवासमै पुगेर भेटेको थियाे। नेकपा निकट युवा संघको निमन्त्रणामा आएको भेनुजुयलाको टोली आफ्नो सरकारप्रति ‘ऐक्यबद्धता खोज्न’ आएको संघका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए।
भेनेजुएला सरकारप्रति अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन टोली आएको थियो,’ उनले भने, ‘भेटघाटमा सबै नेताले जनमतबाट चुनिएको हालको सरकारप्रति ऐक्यबद्धता र समर्थन रहेको जनाउनु भएको छ ।’ उनका अनुसार दाहालले आन्तरिक मामिला आफैं सल्टाउन पनि अर्नेस्टोलाई सुझाव दिएका थिए ।”
खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा सोमबार बिहान साढे ८ बजे पुगेको सो टोलीले झन्डै १० बजेसम्म सामूहिक छलफल गरेको थियो। ‘भेनेजुएलाको वर्तमान सरकारलाई नेकपाको समर्थन रहेको विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘संविधान र कानुनबाट चुनिएको नेतृत्वप्रति ऐक्यबद्धता छ, त्योभन्दा बाहिरको नेतृत्व नेकपालाई स्वीकार्य हुन्न, यसमा हाम्रो पार्टी प्रस्ट छ ।’
भेटमा भेनुजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरामा पनि छन् । उनीसहितकाे टाेलीले सत्तारूढ दलका नेतासँगकाे भेटघाट गरेपछि साे टाेली स्वदेश फर्किन्न लागेकाे हाे । नेकपाको युवा संगठनको निमन्त्रणामा नेपालमा अाएकाे टाेलीले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा अाेलीलाइ भेट्ने चाहाना हुदाँ हुदै फर्किन लागेकाे हाे ।
सो टोलीमा राष्ट्रपति मादुरो पुत्र गुयरा, सहायक शिक्षामन्त्री र नेपालका लागि भेनेजुएली राजदूत कोरोमोतो गेदाई पनि सहभागी छन्। टाेलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितकोसँग भेटघाट गरेको छ।
टोलीले विहान नै दुवै सदनका प्रतिनिधि संसदहरुसँग भेटेको थियो । दिउँसो काठमाडौं रमणियस्थल चन्द्रागिरी पुगेर लन्च गरेको टोलीले साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको थियो ।
वर्ल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथमा नेकपाको युवा संगठन र भेनेजुयलाको जेपीएसयुभी दुवै आवद्ध छन् । सोही सम्बन्धका आधारमा उनिहरुलाई युवा संगठनले नेपाल भ्रमणका लागी निम्त्याएको हो । जुलाई १३ राति नेपाल आएको टोलीसँग जुलाई १४ को विहान होटल याक एण्ड यतिमा युवा संगठनले एक अन्तकृर्या कार्यक्रम आयोजना गरी स्वागत गरेको थियो भने नेकपाका सचिवालय सदस्य खनाल सो अन्तकृर्याका प्रमुख अतिथि थिए ।
सोही विहान अर्का नेता गौतम लगायतका नेतासँग अन्तकृया गरेको टोलीले दिउसो श्रेष्ठसँग भेटवार्ता गरेको थियो । नेकपाको विद्यार्थी संगठनले ललितपुरको समिट होटलमा आयोजना गरेको लन्च बैठकमा सहभागी भएको सो टोली साँझ युवा संगठनले डिल्लीबजारको भोजनगृहमा आयोजना गरेको डिनर तथा कल्चर कार्यक्रममा सहभागी भयो ।
ल्याटिन अमेरिकी देश भेनेजुएला राजनीतिक संटकको अवस्थामा छ। विश्वको धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि घट्दो मूल्य र अव्यवस्थाको कारण ठूलो आर्थिक संकट सामना गरिरहेको छ।्
गत वर्ष भएको चुनावमा निकालोस मादुरो पुनस् राष्ट्रपतिमा निर्वाचित भएपछि संकट झनै गहिरिएको छ। विपक्षी दलको नेता हुँवा गुइदोले संसदबाट अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएला लगभग गृहयुद्धको अवस्थामा पुगेको छ।