नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
लोकसेवा आयोगको विज्ञापन समावेशी गराउनु पर्ने मागगर्दै नेपाल आदिवासी जनजाति महासंघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
माइतीघरमण्डलामा बाजागाजासहित शान्तिपूर्ण जुलुस प्रर्दशन गर्दै लोकसेवा आयोग प्रमुख उमेश मैनाली र सामान्य प्रशासनमन्त्री लालवावु पण्डितको राजीनामाको माग गरेका छन्।
संयुक्त आन्दोलनका अध्यक्ष जगत बरमले सरकारले आफ्ना माग कार्यान्वयन नगरेका कारण बाध्य भएर सडकमा उत्रिएको बताएका छन्। पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो।