भारतीय बाँधका कारण तराई डुबानमा : नेता सुवाल

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन् ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालीमको आज समापन कार्यक्रममा उनले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए । दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उनले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिए ।



कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख जनी जोशी लगायतले भक्तपुरको प्राचीन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरलाई अगाडि ल्याउन आवश्यक भएको बताए ।

सम्बन्धित समाचार