एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुने गरेको छः महानिरीक्षक खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उाले पछिल्लो समय मुलुकमा लागुऔषध प्रयोगकर्ता बढेका र लागुऔषध नियन्त्रण गर्न प्रत्येक प्रदेशका दुई÷दुई स्थानमा परामर्श केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।

“लागुऔषध नियन्त्रण गरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको हो, समुदायसँगको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रण गर्न यसबाट सहयोग पुग्नेछ”, महानिरीक्षक खनालले भने ।



एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुनेगरेको भन्दै उनले यसलाई निर्मूल पार्न सबै पक्ष लाग्नुपर्ने बताए । महानिरीक्षक खनालले सडक सुरक्षित भए मात्र दुर्घटनामा कमी आउने र सुरक्षित सडक निर्माणका लागि ट्राफिक प्रहरीको साथसाथै चालकको पनि उत्तिकै जिम्मेवारी रहने बताए ।

मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति विस्तारै कम हुँदै गएको उनको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सडक सुरक्षा र लागुऔषध नियन्त्रणलाई विद्यालयको पाठ्यक्रममासमेत समावेश गरी विद्यार्थीलाई अध्ययन गर्न लगाउनुपर्ने बताए ।

उनले सभ्य समाज निर्माणका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । नार्कोनन् नेपालका कार्यकारी निर्देशक वसन्तराज कुँवरले मुलुकका लागि लागुऔषध दुव्यर्सनी चुनौतीपूर्ण बन्दै गएको र यसलाई कम गर्न सबै एकजुट हुनुपर्ने बताए।

सम्बन्धित समाचार