फिफा बर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार र मोड्रिच अटाएनन्

विश्व फुटबल महासंघ (फिफा)ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्टार नेइमार अटाउन सकेनन् ।

फिफाले पुरुष खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसंँगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, इडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाह र भर्जिल डिजिकलाई राखेको छ । गत सिजन बालेन डी’ओर विजेता लुका मोड्रिचलाई पनि यसपटक मनोनयनमा राखिएको छैन ।



सम्बन्धित समाचार