बैकिङ कसुरका अभियुक्त माथी २२ अर्बको बिगो मुद्दा

विगत ९ वर्षको अवधिमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा कूल २२ अर्व २ करोड ४७ लाख ५४ हजार ७ सय ४१ रुपैँया बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । उक्त अवधिमा बैंकिङ कसुरमा २ सय १२ जनालाई पक्राउ गरिएको छ ।

२०६४ मा बैंकिङ कसुर तथा सजाय ऐन आएपछि सिआइबीले बैंकिङ कसुरका मुद्दा हेर्न थालेको हो । गोरखा डेभलपमेन्ट बैंकबाट बैंकिङ कसुरको मुद्दा हेर्न सुरु गरेको सिआइबीले सो बैंकका तत्कालीन ३ जनालाई पक्राउ गरी ८६ करोड ७३ लाख १६ हजार ८ सय ७८ रुपैंया बराबरको विगो माग गरेको थियो ।



नेपाल शेयर मार्केट एण्ड फाइनान्स, क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स, जनरल फाइनान्स कम्पनी, नेपाल विकास बैंक, सम्झना फाइनान्स, प्रोग्रसिप फाइनान्स कम्पनी, युनाईटेड विकास बैंक, क्रिष्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, एच एण्ड बी फाइनान्स कम्पनी, हिमालय फाइनान्स कम्पनी, बैंभव फाइनान्स कम्पनी लगायतका बैंक तथा वित्तीय संस्था माथी सिआइबीले बैंकिङ कसुर अन्र्तगत मुद्दा चलाएको हो । त्यसैगरी बैंकिङ कसुर अन्रतगत मुद्दा चलाएका बैंक तथा वित्तीय संस्थाहरुमा सिदार्थ डेभलपमेन्ट बैंक, तत्कालीन किष्ट बैंक, प्रुडेन्सियल फाइनान्स कम्पनी, कुबेर मर्चेन्ट फाइनान्स कम्पनी तथा मन्जुश्री फानान्सियल ईन्सिस्टनल कम्पनी रहेका छन् ।

दुःख नगरी पैसा कमाउने प्रवृतिको कारण बैंकिङ कसुर सम्बन्धी घटना बढेको सिआइबीका प्रवक्ता दिपक रेग्मीले बताए । प्रविधिको राम्रो ज्ञान भएकाले एटिएम तथा सिस्टम ह्याक गर्ने तथा व्यवस्थापनमा राम्रो दख्खल भएका कर्मचारीले आफू नदेखिने गरी नीतिगत रुपमा कसुरमा संलग्न हुने गरेकाले बैंकिङ कसुरका घटनाहरु बढेको उनको भनाई छ ।

यता राष्ट बैकले भने बैंक तथा वित्तीय अपराध न्यूनीकरणका लागि नियमित रुपमा बैंक तथा वित्तीय संस्थाहरुको अनुगमन गरिरहेको बताएको छ । बैंकिङ कसुरमा अधिकांश बैंक भित्रकै कर्मचारी संलग्न रहेको पाइएकाले बैंकहरुलाई सजक रहन निर्देशन दिने र बेला बेलामा ध्यानाकर्षण गराउने गरेको केन्द्रिय बैकले जनाएको छ ।

कस्तो कार्यलाई बैकिग कसुर भनिन्छ ?
बैंकको व्यवस्थापकीय कार्य तथा निर्णय प्रक्रिया, दैनिक कारोबार संचालन एंव बैकिङ कारोबारको क्रममा प्रचलित कानुन, बैंकको नीति नियम, राष्ट्र बैकको निर्देशन तथा परिपत्रहरुले गर्न बाञ्छित गरेको कार्य गरेमा त्यसलाई बैकिग कसुर भनिन्छ ।
एटिएमको दुरुपयोग, बैक खाता ह्याक गर्ने , अर्काको एटिएम प्रयोग गर्ने, गलत मनासाय राख्ने, अरुको आर्जनबाट बिमा परिश्रम रकम आर्जन गर्न नियम बिपरीत गनिे कार्य यसमा पर्छन ।

सम्बन्धित समाचार