‘सेल्फि किङ’ मार्फत दर्शक माझ आउँदै विपिन कार्की

भर्साटाइल अभिनेताको छवि बनाएको विपिन कार्की जात्रै जात्राको अपार सफलतापछि नयाँ चलचित्र ‘सेल्फि किङ’ मार्फत दर्शकमाझ आउने भएका छन् । उनका अनुसार उनी यस चलचित्रमा पनि अरुमा भन्दा अलग भूमिका र लुक्समा देखिने बताएका छन् । उनले भने, “हरेक चलचित्रमा नयाँ विपिनलाई देख्नु मेरो परिचय नै भै हाल्यो नी । त्यसैले यो चलचित्रमा पनि दर्शकमाझ नयाँ रुपमा देखिँदैछु,” ।

चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । अमेरिकाबाट चलचित्र निर्माणको अध्ययन गरेर आएका सापकोटाको यो डेब्यू निर्देशन हुनेछ । यो चलचित्रलाई ‘प्रसाद’ का निर्देशक र निर्माता दिनेश राउत र सुवास थापाले संयूतm रुपमा निर्माण गर्ने छन् । चलचित्र जनरा भने कमेडी हुनेछ । चलचित्रको कथा कमेडियन टीभी आर्टिस्ट (सेल्फि किङ) को जीवनमा घट्ने एक घटनामा आधारित रहने बताइएको छ ।



अहिले विपिन आफनो नयाँ भूमिकाको तयारीमा लागेका छन् भने निर्माण टिम पनि स्क्रिप्ट फाइनल कार्यमा लागिरहेको छ । चलचित्र यहि भदौको पहिलो साताबाट छायांकनमा जाने बताइएको छ । चलचित्रमा २ अभिनेत्री हुनेछन् । तर अभिनेत्रीहरु भने अहिलेसम्म फाइनल भै नसकेको बताइएको छ ।

सम्बन्धित समाचार