अख्तियारका पदाधिकारीको मिलेमतोमा नयाँ बसपार्कको जग्गा कब्जा

महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो।

तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोलमा आयोगले आफ्नो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको हो ।



२०५६ सालमा महानगरले ल्होत्सलाई नयाँ बसपार्क हस्तान्तरण गरिसकेपछि ल्होत्सेले बसपार्कले चर्चेको एक सय ६० रोपनी जग्गाभित्र मूल सम्झौता र गुरुयोजनाविपरीत सपिङ कम्लेक्स, व्यापारिक प्रतिष्ठान निर्माण गरेको थियो। यो खबर सोमबारकाे अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार