सुनिल शेट्टीका छोरा अहानको बलिवुडमा डेव्यु हुदै

मुम्बई । बलिवुडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आइरहेका छन् ।

यसैक्रममा बलिवुडका स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टीपनि बलिवुडमा आउने तयारीमा रहेका छन् । उनले सुपरहिट तेलगु फिल्मको हिन्दी रिमेक आरएक्स १०० बाट बलिवुडमा देभ्यु गर्न लागेका हुन् ।



यो फिल्मको शुटिंग समेत सुरु भएको छ । यस फिल्मलाई चर्चित निर्देशक मिलन लुथारियाले निर्देशन गर्दै छन् भने यस फिल्मलाई साजिद नाडीयाडवाला निर्माण गरेका हुन् ।

यस अघि जैकी सराफका छोरा टाइगर सराफ र कृति सेननलाई हिरोपन्ती फिल्मबाट डेभ्यु गराएका नाडीयाडवालाले अब अर्का सुपरस्टारका छोरालाई बलिवुडमा डेभ्यु गराउदै छन् । अभिनेता सुनील शेट्टीले पनि बलिवुडमा आफ्नो पहिलो फिल वक्त हामारा है पनि नाडीयाडवालाकै ब्यानरमा बनेको थियो ।

यस फिल्ममा अहानको अपोजिटमा हालै स्टुडेन्ट अफ द इयर(२ बाट बलिवुडमा डेभ्यु गरेकी अभिनेत्री तारा सुतारियाले अभिनय गर्दै छन् ।

सम्बन्धित समाचार