नयाँ चलचित्रका लागि आमिरले २० केजी तौल घटाउँदै

 

बलिउडमा मिस्टर पर्फेक्सनिस्टका रुपमा परिचित आमिर खानले नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’मा अभिनय गर्ने भएका छन्।



उक्त चलचित्रका लागि आमिरले २० केजी तौल घटाउनु पर्नेछ। जुन आमिरले स्वीकार गरेका छन्।

यस चलिचित्र हलिउड चलचित्र ‘फोरेस्ट गम्प’को रिमेक भएको बताइएको छ। जसमा चर्चित अभिनेता टम ह्याक्सले अभिनय गरेका थिए।

आमिर उक्त चलचित्रको पात्रसँग मिल्दोजुल्दो शरीरका लागि यतिबेला तौल घटाइरहेका छन्। ५४ वर्षमा आमिरको अहिले पेट लागेको छ। त्यसलाई घटाउन आमिरले डाइट पनि त्यही किसिमको खाइरहेका छन्।

खानाका सौखिन आमिर यतिबेला रोट, साग तथा प्रोटिनयुक्त खानामात्र खाइरहेका छन्। खबरहरुका अनुसार चलचित्र लाल सिंह चड्ढाको सुटिङ नोभेम्बरबाट हुँदैछ।

सुटिङ सुरुहुँदा उनले वजन घटाइसक्नु पर्नेछ। उनी जिमसमेत जान थालेका छन्।

आमिरले यसअघि गजनी र दंगल चलचित्रमा समेत तौल घटाएका थिए।

सम्बन्धित समाचार