उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।
क्षेप्यास्त्र बनाउने सबै सामान उत्तर कोरियामै उपलब्ध हुँदैनन्, विदेशबाट ल्याउनुपर्छ।
वर्षौंदेखि संयुक्त राष्ट्र संघको प्रतिबन्ध खेपिरहेको उत्तर कोरियाले आणवीक कार्यक्रमलाई कसरी चलाइरहेको छ तरु
संयुक्त राष्ट्रसंघको निष्कर्ष छ( आणवीक कार्यक्रमका लागि चाहिने सामानका लागि पैसा जम्मा पार्न उत्तर कोरियाले विभिन्न देशका बैंक र विद्युतीय मुद्रा (क्रिप्टोकरेन्सी) ह्याक गरिरहेको छ।
उत्तर कोरियामाथिको प्रतिबन्ध निगरानी गर्न बनेको राष्ट्र संघीय समितिले हालै सुरक्षा परिषदमा पेस गरेको प्रतिवेदनमा ह्याकिङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको उल्लेख गरिएको छ।
ह्याकिङसँगै किम प्रशासनले विभिन्न ३० देशमा आफ्ना प्रतिनिधिहरू राखेको छ। ती प्रतिनिधिहरूले उत्तर कोरिया जाने कोइला र पेट्रोलियम पदार्थका लागि दिनु पर्ने गैरकानुनी रकमको व्यवस्था गर्छन्।
‘एकातिर सदस्य राष्ट्रहरूले आर्थिक प्रतिबन्ध लागू गर्न कडाइ नगर्नु र अर्कातिर उत्तर कोरियाको गलत अभ्यासले उसले अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा पहुँच बनाइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ,‘ पूरानो बैंकिङ प्रणालीभन्दा सरकारी निगरानी र नियमन कम हुने भएकाले क्रिप्टोकरेन्सीमाथि ठूलो स्केलमा हुने आक्रमणबाट उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रणालीमा व्यापार गर्न सजिलो भएको छ।’
ह्याकिङबाट ठूलो पैसा जम्मा गर्ने उत्तर कोरियाका ह्याकरले नेपालका बैंकलाई पनि निशाना बनाउने गरेका छन्।
उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकको साढे ४६ करोडभन्दा बढी रुपैयाँ चोरी गरेको थियो।
बैंकको स्विफ्ट कोड ह्याक गरी चोरी भएको रकममध्ये ४ करोड बराबर रकम ह्याकरले लिए भने बाँकी पैसा लिन पाएनन्।
‘त्यसपछि उक्त समूहले अन्य तीन वटा बैंकको सिस्टम ह्याक गर्ने कोसिस गरेको थियो,’ ।
पोहोर साल साउनमा भारतीय बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी भयो। पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम नै ह्याक गरी उक्त रकम चोरी भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली ह्याकर समूह लजारस ग्रुपले बैंकको डाटा ह्याक गरी रकम चोरेको हो।
ह्याक हुन सक्नेबारे अमेरिकी संघीय जाँचबुझ ब्यूरो (एफबिआई) ले भारतीय बैंकलाई सचेत गराए पनि आवश्यक सतर्कता नअपनाउँदा रकम चोरी भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।
भारतीय बैंक ह्याक गर्नुअघि केही दिनअघि त्यही समूहले नेपालका बैंक ह्याक गर्ने प्रयास गरेको थियो। तर त्यो प्रयास सफल हुन सकेन।
बैंकहरूले सुरक्षा सावधानी नअपनाएका कारण पनि ह्याकरको निशानामा नेपालका बैंक परेको स्रोतका दाबी छ।
ह्याकरबाट हुने साइबर हमलाकै कारण पछिल्लो समय नेपाल राष्ट्र बैंकले मुलुकभरका बैंकलाई साइबर सेक्युरिटी अडिट अनिवार्य गरेको छ।
यस्तो छ लजारस ग्रुपको ह्याकिङ शृङ्खला
अन्तर्राष्ट्रिय कुख्याती कमाएको उत्तर कोरियाली लजारस ग्रुपले सुरूका दिनमा दक्षिण कोरियाका सरकारी एजेन्सीमाथि साइबर हमला गरेको थियो।
पटक(पटकको हमलापछि दक्षिण कोरिया यो ग्रुपबाट आतंकित थियो। त्यतिबेला यसको चर्चा खासै भएन।
सन् २०१४ मा जब सोनी कम्पनीको सोनी पिक्चरमाथि हमला गर्यो, लजारसले संसार हल्लायो।
किनभने सोनी पिक्चर हमला गर्दा अपनाएको प्रविधि अत्याधुनिक र नौलो थियो त्यसपछि इक्वेडरको बैंक डेल अस्ट्रोमाथि हमला गर्यो।
यो घटनाबाट बैंकले १ अर्ब २० करोड रुपैयाँ क्षति बेहोर्यो। यसरी हौसिएको लजारस ग्रुपले भियतनामस्थित तेइफोङ बैंकमा पनि हमला गरी १० करोड लुट्यो।
ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकको पनि ६ अर्ब रुपैयाँ ह्याक गर्यो। सन् २०१६ मा सेन्टर बैंक अफ बंगलादेशको ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा ट्रान्सफर गर्यो। त्यसमध्ये ८ अर्ब १० लाख रूपैयाँ लिन ह्याकर ग्रुप सफल भएको थियो।
भारत, बंगलादेश र नेपालमै भएको यसअघिका घटना हेर्दा अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरू लजारस ग्रुपको उच्च जोखिममा रहेको सुरक्षा स्रोतको दाबी छ।