डाक्टर र शिक्षकको तलब बराबर भएपछि चिकित्सक संघको आपत्ति

चालु आर्थिक वर्षको लागि सरकारले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार सबैभन्दा मुख्य सचिवको छ । मयार्दाक्रमअनुसार अन्य कर्मचारीहरूको तलबमान बढेको छ ।

जसमा प्रावि तह अध्यापन गराउने प्रथम तहको शिक्षकको र एमबीबीएस डाक्टरको तलबमान बराबर छ । एसएलसी उत्तीर्ण प्रथम श्रेणीको शिक्षकको एमबीबीएस (आठौं तह) डाक्टरको तलब स्केल ४० हजार ३८० रुपैयाँ छ । नयाँ बढेकोसँगै अब डाक्टरहरूले मासिक ४५ हजार ७६४ रुपैयाँ पाउनेछन् ।



त्यस्तै एसएलसी उत्तीर्ण प्रथम श्रेणीको शिक्षकको तलब स्केल ३५ हजार ९९० रुपैयाँ छ । तलब बढेसँगै मासिक ४५ हजार ५९० रुपैयाँ पाउनेछन् । सुरूको तलबमान ४० हजार ३९० रुपैयाँ भएका माध्यमिक द्वितीय श्रेणीका शिक्षकले तलब बढेसँगै ५१ हजार १४८ रुपैयाँ पाउनेछन् ।

उक्त तलबमानमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो । १०२ अध्ययन पश्चात् ५ वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको तलबमान एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिएकोप्रत्ति संघले आपत्ति जनाएको हो ।

एक विज्ञप्ती जारी गर्दै संघले विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले गम्भीर रुपमा मनन गर्दै सच्याउन माग गरिएको छ ।

सम्बन्धित समाचार