हेमा मालिनीले झाडु लगाउँदा के भने धमेन्द्रले ?

भाजपा सांसद हेमा मालिनीको एउटा भिडीयो जसमा उनले संसद भवन बाहिर झाडु लगाइरहेकी थिइन् भाइरल भएको थियो । स्वच्छ भारत अभियानलाई बढावा दिने उद्देश्यले हेमाले कैयौं चोटी हावामै झाडु लगाइन् र उनले पुरा कोशिस गरिन् कि उनको झाडुले सडकलाई नछुओस् र तब केही समयमा उनीमाथि विभिन्न किसिमका ट्रोल हुन थाले ।

यो भिडीयो भाइरल हुँदै गर्दा एउटा ट्वीटर प्रयोगकर्ताले धर्मेन्द्रलाई एउटा गम्भीर प्रश्न सोधे तब जवाफमा शोलेको वीरुले वसन्तीलाई अनाडी घोषित गरिदिए । आमरुपमा सेलिब्रिटीहरु आफ्नो फैनसँग सोसल मिडियामा त्यति बातचित गर्दैनन् तर धर्मेन्द्र चाहिं आफ्नो फैनसँग बातचीत गरेको देखिए ।



एक ट्वीटर प्रयोगकर्ताले धर्मेन्द्रलाई सोधेका थिए कि के कहिल्यै मैडमले जिन्दगीमा झाडु लगाएकी छिन् ? जबाफमा धर्मेन्द्रले भने अँ फिल्ममा मात्रै । संसदमा झाडु लगाउँदा उनी अनाडी देखिएकी थिइन् । तर मैले बच्चा हुँदा आमालाई सघाएको थिएँ र म झाडु लगाउन निकै तगडा थिएँ ।

धर्मेन्द्र सोशल मीडियामा निकै सक्रिय छन् । हालै उनले एउटा भिडीयो शेयर गरेका थिए जसमा उनी काऊ ब्यायको रुपमा देखिएका थिए । कहिलेकाहीं उनले गाउँको तस्वीर शेयर गरेका हुन्छन् त कहिले पुरानो जमानाको ।

सम्बन्धित समाचार