नेपालले विश्वकप छनोटको ‘होम गेम’ कुवेतमा खेल्ने

फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ ।

नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको ‘होम गेम’ भने नेपालमा आएर खेल्ने एन्फाले बताएको छ । नेपाल र कुवेतबीचको दोस्रो खेल १९ नोभेम्बरमा नेपालको दशरथ रंगशालामा हुनेछ ।



छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अस्ट्रेलिया, चाईना, ताइपेई, जोर्डन र कुवेत रहेका छन् ।

सम्बन्धित समाचार