सर्पको टोकाइबाट दिदी बहिनीको मृत्यु

विषालु सर्पको टोकाइबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ। बिहीबार घरमा सुतिरहेका दुवै दिदीबहिनीलाई सर्पले टोकेको थियो। राजपुर गाउँपालिका ७ भौवानाका दुई दिदी बहिनीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। भौवानाकाका शेरबहादुर सार्कीका दुई छोरीको विषालु सर्पले टोकेपछि उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु हो।

१३ वर्षीया करिष्मा सार्की र ११ वर्षीया सुजु सार्कीको सर्पको डसाइबाट मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। उनीहरु स्थानीय शिवशक्ति माध्यमिक विद्यालय भौवानामा कक्षा ७ र ५ मा अध्ययनरत विद्यार्थी समेत रहेको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए।



गत वर्षपनि सोही क्षेत्रमा सर्पको टोकाइबाट एक बालिकाको मुत्यु भएको स्थानीयले बताए।

सम्बन्धित समाचार