–मनाेज राज रेग्मी
काठमाडौं, २६ साउन ।
तपाईंको मस्तिष्कमा संसारका व्यक्तिको, संसारको स्मृतिको निकै ठूलो भीड हुन्छ जसले तपाईलाई एकान्तमा पनि शान्तिले बस्न दिंदैन । संसारको आवाज छ, दुनियाँभरको कुराकानी छ, दुनियाँको अनेकौं तीता तथा मिठो स्मृतिहरु छन् । यदि तपाईंले विचार गर्नुहुन्छ भने तपाईंको मस्तिष्कमा भरिएको संसारका नानाथरिका स्मृतिको घोडादौडले एकान्तको क्षणमा पनि तपाईंको शान्तिलाई खोसेर लैजान्छ । जब तपाईं शान्तसँग बस्न चाहनुहुन्छ ती विचारहरुले तपाईंको दिमागलाई घेर्न थाल्दछन् र तपाईलाई विचलित गराउँछन्् । कसैको कुरा सभ्झेर कहिले तपाईं हास्नुहुन्छ त कहिले रुनुहुन्छ, कहिले विचलित हुनुहुन्छ । कसैको कुरा सम्झेर तपाईमा घृणाको भाव आउँदछ भने कसैको कुरा सम्झेर तपाईंमा आसक्ति आउँदछ । कसैको कुरा सम्झेर तपाईंमा धनप्रतिको ध्यान आउँदछ भने कसैको ध्यान गर्दा तपाईंलाई लाग्दछ कि त्यो व्यक्तिले तपाईंको ठूलो नोक्सान गरेको छ र तपाईंले त्यससँग बदला लिनुपर्दछ ।
मित्रहरु एउटा अर्को संसार छ जुन तपाई बाहिर देख्नुहुन्छ । एउटा संसार आसक्तिको संसार छ जसले तपाईंको मनमा अधिकार गरेको हुन्छ त्यो तपाईको भित्र बसेको हुन्छ जुन तपाईभित्र चलिरहन्छ तब पनि जब तपाई भीडमा जानुहोस् । भीडलाई हेरेर तपाई आफूभित्र हेर्नुहुँदैन । बाहिर मात्र हेरेर तपाई चिन्तित हुनुहुन्छ । यस्तो स्थितिमा जब तपाईं भीडमा हुनुहुन्छ तपाईंले आफूलाई एक्लो महशुस गर्नुहुन्छ । तर जब तपाईं एकान्तमा गएर बस्नुहुन्छ तब तपाईको भित्र रहेको भीड बाहिर आउन थाल्दछ ।
एउटा स्वस्थ र सुखी जीवन बिताउनको लागि तपाईंलाई यी परिस्थितिबाट बच्नु पर्दछ । तपाईंले बाहिरको भीडलाई भित्र घुस्न दिनुहुँदैन । जब भित्र भीड हुँदैन तब तपाईं एकान्तको क्षणको पूर्ण रुपमा लाभ उठाउन सक्नुहुन्छ, त्यसबाट पुरा आनन्द उठाउन सक्नुहुन्छ । यो केवल ध्यानद्वारा सम्भव छ, आत्म साधनाद्वारा सम्भव छ, ईश्वरीय सत्तालाई आफू भित्र विराजमान गराएर सम्भव छ । अतः तपाईं यस्तै गर्नुस् । यसबाट नै तपाईंले साँचो सुख र साँचो शान्ति पाउन सक्नुहुन्छ ।