बलिउड उद्योगका कलाकारहरुको प्रेम रिल लाइफमा सफल भएता पनि रियल लाइफमा सफल हुन नसकेका कलाकर्मीहरु पनि छन । जसको इन्गेजमेन्ट भएर पनि बिवाह हुन सकेन । आखिर ति कलाकर्मीहरु को को हुन त ?
यी हुन् इन्गेजमेन्ट भएर पनि जीवनसाथी बन्न नसकेका बलिउडका कलाकारहरु हेर्नुहोस ।
अभिषेक बच्चन करिश्मा कपूर
यस लिस्टमा सबैभन्दा पहिले आउने नाम हो अभिषेक बच्चन र करिश्मा कपूर । यी दुइ कुनै समयमा प्रेमी जोडी थिए तर पनि विभिन्न कारणबश यी दुईको इन्गेजमेन्ट भएर पनि विवाह हुन सकेन । हाल भने अभिषेक ऐश्वर्या रायसंग सुखद दाम्पत्यजीवन बिताईरहेका छन।
विवेक ओबेराय – गुरप्रीत गिल
विवेक ओबेरायको नाम पनि कुनै समय ऐश्वर्या रायसंग जोडिएको थियो । चलचित्रमा प्रवेश गर्नु पुर्व भने उनको मोडल गुरप्रीत गिलसंग प्रेम सम्बन्ध रहेको थियो। तथापी बलिउडमा प्रवेश गरेपश्चात यी दुईको सम्बन्धमा फाटो आएको थियो।
सलमान खान संगीता बिजलानी
सलमान खान र संगीता बिजलानी कुनै समयमा एक अर्काको मायामा पागल जस्तै भएका थिए र यी दुईले बिवाह गर्ने योजना पनी नबनाएका होइनन । सलमानको बायोग्राफी ‘बीइंग सलमान’ को अनुसार यी दुई सन् १९९४ मे २७ मा बिवाह बन्धनमा बाँधिने लगभग पक्का भईसकेको थियो र बिवाहको कार्ड पनि छपाईसकेका थिए। तथापी संगीता कै कारणले गर्दा बिचमै यी दुईको विवाह हुन सकेन ।
अक्षय कुमार रवीना टंडन
पछिल्लो समयका चर्चित बलिउड अभिनेता अक्षय कुमार र रवीना टंडनको प्रेम सम्बन्धलाई किएर कुनै समय चलचित्र बजारमा निकै नै चर्चा भएको थियो । रिपोर्टका अनुसार यी दुईले गुपचुपमा मन्दिरमा बिवाह गर्ने तयारी पनि गरिसकेका थिए। तर अक्षयले शिल्पा शेट्टीलाई धोका दिएको कुरा रबिनाले थाहा पाएपछि यी दुइको सम्बन्धमा फाटो आएको हो।
अक्षय कुमार शिल्पा शेट्टी
भनिन्छ शिल्पा शेट्टीका लागि नै अक्षयले रविना टन्डनलाई धोका दिएका थिए । शिल्पाले अक्षयलाई एकदम माया गर्थिन र यी दूइको बिवाह हुने पनि पक्का भईसकेको थियो तर एक अन्तर्वार्तामा शिल्पाले अक्षयले आफुलाई धोका दिएको खुलासा गरेकी थिइन् ।
साजिद खान गौहर खान
निर्देशक साजिद खान र गौहर खानले सन् २००३ मा विवाह बन्धनमा बाधिएका थिए। उक्त समयमा गौहर मोडल र साजिद टिभी होस्ट थिए। यद्धपि विभिन्न कारणबश यी दुईले बिचमै बिवाह तोडेका थिए।
करिश्मा तन्ना उपेन पटेल
‘नागिन ३ की अभिनेत्री करिश्मा तन्ना र अभिनेता उपेन पटेल कुनै समयमा प्रेम सम्बन्धमा थिए। यी दुई चर्चित टिभी रियालिटी शो बिग बोस मार्फत नजिकिएका थिए । यी दुइले सेटमै बिवाह पनि गरेका थिए तथापी विविध कारणबश यी दुईले विवाहको केहि दिन पश्चात नै सम्बन्ध बिच्छेद गरेका थिए ।