नुवाकोट काङ्ग्रेसमा पुनः अर्को रडाको

नेपाली काङ्ग्रेस क्षेत्र नं १ नुवाकोटमा पार्टीका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो ठाडो निर्देशनमा हालै क्षेत्रीय समितिको बैठक बोलाइ आफ्नो अनुकूल क्षेत्रीय अध्यक्ष तथा सह–अध्यक्ष रहेको नयाँ क्षेत्रीय समितिको घोषणा गरेको बुभिएको छ । डा. महतको यस कार्यलाई नेपाली काङ्ग्रेसको विधान विपरीत भएको तर्क काङ्ग्रेसी कार्यकर्ताहरूले नै गर्दै अएका छन् । यसले नुवकोट काङ्ग्रेसमा गुट–उपगुटको राजनीति हाबी हुँदै गएको प्रष्ट पार्दछ । डा. महत देउवा निकट मानिन्छन् ।

यसै सन्र्दभमा नयाँ सह–अध्यक्ष अर्जुन न्यौपानेलाई ‘तपाईहरूले पार्टीको विधान २०१७ को संशोधित २०५१, ०५४, ०५७, ०६२, ०६४, ०६६, ०६९, ०७२ र ०७५ को परिछेच्द १२ को विविध शीर्षकको धारा ७२ को सङ्क्रमणकालीन व्यवस्थाको धारा २ मा पार्टीको केन्द्रीय कार्यसमिति, सीमाड्ढन हेरफेर नभएको पार्टीको जिल्ला कार्यसमिति र सीमाड्ढन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत रहने विद्यमान व्यवस्था हुँदा हुँदै किन क्षेत्रीय समिति घोषण गर्नुभयो ?’ भन्ने नवकान्तिपुरका संवाददाताको प्रश्नमा न्यौपानेले भने– ‘नयाँ सदस्य थप गरेर बनाइएको हैन, पहिलाको काङ्ग्रेसको गाउँ इकाइ कमिटी अहिले वडामा सीमित हुन पुगेको छ । क्षेत्र नं. १ का केही भूभाग बेलकोटगढी नगरपालिकामा पर्न गएको छ । ती सबै क्षेत्रलाई मिलाएर गरेको यो विधि र पद्दतिअनुसार नै भएको छ ।’



‘तपाईहरूको यस्तो कार्यले तल्लो तहका कार्यकर्ता एंव काङ्ग्रेस समर्थकहरूलाई त निराशा पैदा गर्ने भयो । यसले गुटगत÷खेमागत राजनीति गर्न खोजे जस्तो पो देखिन्छ, होइन र ? यस्ता क्रियाकलापले काग्रेसको हित गर्छ ?’ भन्ने प्रश्नमा सह–अध्यक्ष न्यौपानेको जवाफ छ– ‘पहिला विधान पढनु प¥यो । आफुले गर्दा सबै ठीक अरूले गर्दा बेठीक भन्ने परिपाटीलाई हटाउन प¥यो । गुट हामीबाट हैन अरूबाट सिर्जना गर्न खोजिएको छ ।’

त्यसपछि नुवाकोट जिल्लाका काङ्ग्रेस सभापति जगदीश नरसिंह केसीलाई ‘तपाई जिल्लाको पार्टी सभापति भएका नाताले यस विषयमा आफ्नो धारणा बताइदिनुहोस् न ?’ भनेर गरिएको प्रश्नमा सभापति केसीले भने ‘नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात सीमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका, नगरपालिका र उपनगरपालिकाको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कायम भएका कार्यसमिति यथावत रहने उल्लेख रहेको सभापति केसीले बताए । उनले अगाडि भने ‘पार्टीको विधांनमा सम्पर्क समिति बनाउने जिम्मा जिल्ला कार्यसमितिलाई मात्र भएता पनि प्रदेश र क्षेत्रीय कार्यसमितिले सम्पर्क समिति गठन गर्ने निर्णय गर्नु विधानविपरीत र हास्यास्पद छ ।’

ककनी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ऋषिकुमार तामाङ्गसँग पनि यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनले पनि यो प्रक्रिया गलत भएको र यसले काङ्ग्रेसलाई दुरगामी असर पार्ने कुरा बताए ।

सम्बन्धित समाचार