विराट कोहलीले तोडे गांगुली र मियादादको रेकर्ड

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीयमा शतकीय पारी खेले संगै विश्व क्रिकेटमा कैयौ रेकर्ड बनाएका छन् ।

विराटले वेस्टइन्डिजविरुद्ध १२० रनको पारी खेले पछि उनले एकदिवसीय क्रिकेटमा ४२औ शतक पुरा गरे । उनले २२९ पारीमा ४२ शतक बनाएका हुन् । यस अघि भारतकै सचिन तेन्दुलकर ले ४२ शतक बनाएका छन् तर सचिनले ४०६ पारीमा ४२ शतक बनाएका थिए ।



साथै विराट वेस्टइन्डिजका विरुद्ध सबै भन्दा धेरै २ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनी वेस्टइन्डिजविरुद्ध २ हजार रन बनाउने एक मात्र खेलाडी बनेका छन् । उनले ३४ पारीमा वेस्टइन्डिज विरुद्ध २ हजार रन बनाएका हुन् । वेस्टइन्डिजविरुद्ध २६ बर्षअघि पाकिस्तानका जावेद मियादादले १९३० रन बनाउदै धेरै रन बनाउने रेकर्ड राखेका थिए । सो रेकर्डलाई पनि विराटले तोडेका छन् ।

विराटले कप्तानको रुपमा पनि एकदिवसीय क्रिकेटमा २० शतक बनाउदै धेरै शतक बनाउने खेलाडी बनेका छन् । विराटले महेन्द्र सिंह धोनीको कप्तानीमा १९ शतक बनाएका छन् भने विरेन्द्र सहवागको कप्तानीमा २ शतक र गौतम गम्भीरको कप्तानीमा एक शतक बनाएका छन् ।

त्यस्तै विराटले भारतकै पुर्व कप्तान सौरभ गांगुलीलाई उछिनेका छन् । गांगुलीले एकदिवसीय क्रिकेटमा ३ सय पारीमा ११३६३ रन बनाएका छन् भने विराटले २२९ पारीमा ११४०६ रन बनाएका छन् ।

त्यस्तै विराटले कुनै वेस्टइन्डिज र श्रीलंकाका विरुद्ध ८/८ शतक बनाएका छन् । कुनै एक टिमका विरुद्ध धेरै शतक बनाउने रेकर्ड भने सचिनको नाममा छ । सचिनले अस्ट्रेलियाविरुद्ध ९ शतक बनाएका छन् ।

सम्बन्धित समाचार