तीन दिनदेखि हराएका एक युवा बालकुमारीस्थित मनोहरा खोलमा मृत भेटिएका छन्। उदयपुरको कटारी नगरपालिका–२ घर भएका अन्दाजी ३२ वर्षीय हरि खड्का मृत फेला परेका हुन्। उनको शव सड्न थालेको अवस्थामा मनोहरा खोला किनारामा मंगलबार प्रहरीले फेला पारको जनाइएको छ।
उनको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।