अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।
फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पादुकोनको करिब आधा फलोअर फेक फलोअर भएको खुलासा भएको छ ।
बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक सन्जालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।
सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सूचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।
त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।
सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।