महानगरीय ट्राफिक प्रहरी महाशाखाको सीआरबी भ्यानले कोटेश्वरमा एक व्यक्तिलाई ठक्कर दिएको छ ।
मंगलबार राति बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको महशाखाको बा १ झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार ट्राफिक प्रहरीको गाडीको ठक्करबाट गम्भीर भएका ती व्यक्तिको नाम खुल्न सकेको छैन ।
उनको ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्था निकै गम्भीर रहेको चिकित्सकले बताएको छ ।
गाडी चालक प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए ।