नवकान्तिपुर संवाददाता
काठमाडौं
संसारमा केही त्यस्ता प्रेरक प्रंसगहरु हुन्छन् जसले हामीलाई जिन्दगीभर नै प्रेरणा दिइरहन्छन् । तल त्यस्तै तीनवटा प्रेरक प्रंसग छन् जसले पक्कै पनि हामीलाई प्रेरणा दिन्छन् :
१. यो घट्ना त्यो बेलाको हो जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान र उनका गुरु अरिस्टोटल एकै पटक फर्किरहेका थिए ।
ठूला – ठूला पहाड र घना जङ्गल पार गर्दै बाटोमा जब एउटा धेरै गहिरो नाला आयो तब अरिस्टोटलले भने , “यो नाला पहिला म पार गर्नेछु र पछि तिमीले पार गर्नु ” । तर अलेकजेन्डरले गुरुको आज्ञाको पालन नगरी नाला पार गरे ।
अलेक्जेन्डरको यस्तो व्यवहारबाट क्रोधित भएर अरिस्टोटलले भने “आजसम्म तिमीले मेरो आज्ञाको अवज्ञा गरेका थिएनौ , फेरि आज यो नयाँ काम कसरी भयो? ”
अलेकजेन्डरले बडो नम्रतापुर्वक टाउको झुकाएर भने , “नाला पार गर्दा यदि तपाइलाई केही भयो भने मैले तपाईं जस्तो अर्को गुरु पाउने थिइन तर म डुबेको भए तपाईं आफ्नो ज्ञानले म जस्ता धेरै अलेकजेन्डर बनाउन सक्नुहुन्छ”।
२. सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे त्यहाँ मानिसहरुले उनलाइ घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ न टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनीहरुको प्रश्नको जवाफ दिन्थे ।
मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनकी पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बडो कठोर स्वभावकी थिइन । बिना कारण नै सुकरात सँग झगडा गरीरहन्थिन् । सुकरात बडो शान्त भावले उनको कुरा सुनिरहन्थे ।
जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन तब सुकरात बाहिर जान लागे । यो देखेर उनकी पत्नीको रिस पनि बढ्यो । छेउमा चिसो फोहोर पानीले भरिएको बाल्टीन राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिरदेखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएकै छैन ।
केही क्षणपछी मुस्कुराउदै शान्त भावमा सुकरातले भने “यति ठूलो गर्जनपछी त वर्षा त हुनु नै थियो ” ।
३. यो घटना त्यो समयको हो जब लाल बहादुर शास्त्री भारतको प्रधानमन्त्री थिए । एक दिन उनी आफ्नी श्रीमती ललिता शास्त्री सित एउटा साडीको कारखानामा घुम्न गए । उनकी श्रीमतीले केही साडी मन पराइन । शास्त्रीले त्यो साडी प्याकिङ गरीदिन भने र पैसा दिन लागे । तर मालिकले पैसा लिन मानेनन ।
तब शास्त्रीले भने “आज म प्रधानमन्त्री छु, यसैले मलाइ यति मुल्यवान साडी सित्तैमा दिइरहनु भएको छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ?
यो कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।