नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झनाले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् ।
सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् ।
जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ ।