पोग्बा पेनाल्टीमा चुक्दा युनाईटेडको बराबरी

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले उल्भ्ससंग बराबरी खेल खेलेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले उल्भ्ससंग ११ गोलको बराबरी खेलेको हो ।

पाउल पोग्बाले दोस्रो हाफमा पेनाल्टीमा चुक्दा युनाईटेड जित निकाल्न असफल रह्यो । खेलमा अग्रता पाहुना टोली युुनाईटेडले खेलको २७ औ मिनेटमा लिएको थियो ।



एन्थोनी मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । रुवेन निभेसले ५५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

सिजनको दोस्रो खेलमा युनाईटेडले अंक बाँड्न परेको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । उल्भ्सको यो दोस्रो बराबरी हो ।

सम्बन्धित समाचार