नेमार बार्सिलोना जाने सक्ने

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) आएपछि फुटबल करियर ओरालो लागेका ब्राजिलियन स्टार नेमार बार्सिलोना जाने सम्भावना बढेको छ ।

बार्साले यसअघि नेमारलाई क्लबमा ल्याउन अन्य खेलाडी दिने र केही रकम दिने प्रस्ताव गरेकोमा पीएसजीले मानेको थिएन । नेमारले पीएसजी छोड्ने चाहना व्यक्त गरेसँगै पीएसजीले पनि उनलाई बेच्न राम्रो मुल्य आउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।



२७ वर्षिय नेमारको भविष्य अहिले संकटमा परिरहेको छ । क्लबले उनलाई खेलाएको पनि छैन ।

बार्साले भने नेमारलाई ल्याउन चाहेपनि यस सिजनको लागि खेलाडी ट्रान्सफर गर्ने बजेट सकाइसकेको छ । बार्साले हालसालै फिलिप कौटिन्होलाई बार्यन म्युनिखलाई लोनमा बिक्री गरेसँगै नेमारलाई भित्र्याइ टोलीलाई बलियो बनाउन सघन प्रयार गरिरहेको छ ।

ईएसपीएनले उल्लेख गरेअनुसार बार्साले नेमारलाई लोनमा ल्याउन प्रस्ताव गर्ने तयारी गरेको छ । बार्साले नेमारलाई २ सय ४८ मिलियन डलरमा दुईवर्षअघि बेचेको थियो । अहिले नेमारलाई लोनमा स्थानान्तरण गराउँदा समग्रमा पीएसजी घाटामा जाने भएपनि यो सिजनको टान्सफर सकिने समय भएकाले यसलाई पीएसजीले अवसर नै मान्नुपर्ने जानकारहरु बताइरहेका छन् ।

बार्साको प्रतिनिधिहरु पेरिस पुगेर पीएसजीसँग पुनः छलफल गर्ने तयारीमा रहेका छन् । यद्यपी हालसम्म नेमारको विषयमा कुनै क्लबसँग पनि गतिलो वार्ता हुन नसकेको पीएसजीका स्पोटिङ डाइरेक्टर लियोनार्दोले बताएका छन् । नेमारलाई भित्र्याउन चाहने क्लबमा बार्सा एक्लो छैन । रियल मेड्रिर र युभेन्टसले पनि उनलाई टोलीमा ल्याउन चाहेको थाहा भएको छ ।

युभेन्टसले यो सिजनमा महँगा खेलाडीहरु लिइसकेकोले आर्थिक अभाव भएकोले उसको सम्भावना कम देखिएको छ । रियलले भने उनलाई ल्याउन सक्षम भएपनि नेमारले त्यहाँ जान चाहने वा नचाहने पक्का भएको छैन । (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार