पाथीभरा गोल्डकप : आजदेखि सेमिफाइनल खेल

ताप्लेजुङमा जारी चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिताको बुधवारदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा रेडहर्ष क्लब इलाम र एलाभेन एरोज सुनसरीबीच हुँदैछ।

खेल सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ। रेडहर्षले क्वाटरफाइनलमा फिदिम पाँचथरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने एलाभेन एरोजले भारतको यूकेएफसी दार्जिलिङलाई पराजित गर्दै अघिल्लो यात्रा सुरक्षित गरेको थियो। यसअघि मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा गोर्खा स्र्पोटिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै रेडस्टार झापा सेमिफाइनलमा प्रवेश गरेको छ। रेडस्टारले डाँगीहाट फुटबल क्लब मोरङसँग बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ।



प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँ र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउनेछ।

सम्बन्धित समाचार