प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेको समयमा पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।
प्रधानमन्त्री धेरै विदेश बस्नुपर्ने भएको अवस्थामा देशका महत्वपूर्ण निर्णयहरू नरोकिऊन भनेर मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था गरेको बताइएको छ। सम्भवत नेपालमा यो अभ्यास पहिलो हो।
केही समयअघि सिंगापुरमा स्वास्थ्योपचार गरेर नेपाल फर्केका प्रधानमन्त्री केपी शर्मा ओली पुनः स्वास्थ्य परीक्षणका लागि करिब डेढ साताको समयका लागि आजै मात्र सिंगापुर प्रस्थान गरेका छन्।