बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक

नेपाली चलचित्र बादशाह जुटको अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक भएको छ । कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय रहेको चलचित्रको पोष्टर सार्वजनिक भएको हो ।

जोनी सिंह राणाको कथा तथा निर्देशनमा रहेको चलचित्रमा संगीत कृष्ण भारद्वाज र कोशिस क्षेत्रीले गरेका छन् भने चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका हुन् ।



व्यानर एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्य रहेको चलचित्र कार्तिक १ मा रिलिज हुने निर्माता हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) ले जानकारी दिए ।

सम्बन्धित समाचार